मुख्य सामग्रीमा जानुहोस्

देउवा समूहको मुगु जिल्ला सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत निर्वाचित

कांग्रेस देउवा समूहको मुगु जिल्ला अधिवेशनले तिलकबहादुर मल्ललाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ । आकांक्षी खगेन्द्र मल्ल पछि हटेपछि उनको चयन सर्वसम्मत भएको हो । अधिवेशनले २७ सदस्यीय जिल्ला कार्यसमिति पनि बनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
देउवा समूहको मुगु जिल्ला सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत निर्वाचित
Online Khabar

कांग्रेस देउवा समूहको मुगु जिल्ला अधिवेशनबाट तिलकबहादुर मल्ल जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको अधिवेशनले उनलाई जिल्ला सभापतिको जिम्मेवारी दिएको हो ।

सभापतिको दाबी गरिरहेका खगेन्द्र मल्ल पार्टीलाई जिल्लामा थप सबल बनाउने भन्दै पछि हटेपछि तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन गरिएको नेता धर्मराज शाहीले जानकारी दिएका छन् ।

अधिवेशनले २७ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन गरेको शाहीले बताए । देउवा समूहले कर्णालीका हिमाली जिल्लाहरूमा जिल्ला अधिवेशनको प्रक्रिया टुंगोमा पुर्‍याइसकेको छ ।

सोही क्रममा हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाहीलाई जिल्ला सभापतिमा चयन गरिएको शाहीले जानकारी दिएका छन् ।