मुख्य सामग्रीमा जानुहोस्

नेपाल टेलिकमको दसैँ–तिहार अफर : एफटिटीएच जडानमा ५०० छुट, वार्षिक प्याकेजमा एक महिना बोनस

नेपाल टेलिकमले दसैँ, तिहार र छठका अवसरमा ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत नयाँ एफटिटीएच जडानमा जडान शुल्क छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप सेवा अवधि र मोबाइलतर्फ सहुलियत दरका डाटा, भ्वाइस तथा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
नेपाल टेलिकमको दसैँ–तिहार अफर : एफटिटीएच जडानमा ५०० छुट, वार्षिक प्याकेजमा एक महिना बोनस
Online Khabar

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका लागि ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो अफरमा नयाँ इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज र मोबाइल सेवाका सहुलियत दरका डाटा, भ्वाइस तथा सन्देश प्याकेज समेटिएका छन् ।

टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ फाइबर टु द होम (एफटिटीएच) सेवा जडान गराउने ग्राहकलाई रु ५०० जडान शुल्क मिनाहा हुनेछ । सोही अवधिमा १००, १५० र २०० एमबिपिएस क्षमताको नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् । बोनसस्वरूप दिइने मोबाइल डाटा पनि १३ महिनासम्मै उपलब्ध हुनेछ ।

भर्चुअल सेट–टप बक्ससहितको प्याकेज रोज्ने ग्राहकलाई भने रु एक हजार छुटको सुविधा यसअघिदेखि नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मोबाइल डाटा र भ्वाइस प्याकेज

जिएसएम मोबाइल सेवा प्रयोग गर्ने ग्राहकका लागि दुई डाटा प्याकेज तय भएका छन् । रु ४९९ को ‘फेस्टिभल अनलिमिटेड’ प्याकेजमा दैनिक पाँच जिबी उच्चगतिको डाटा पाइन्छ भने रु ६९९ को ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेजमा दैनिक १० जिबी उच्चगतिको डाटा उपलब्ध हुन्छ ।

प्रवक्ता लामिछानेका अनुसार दैनिक कोटा सकिएपछि बाँकी समयावधिभर रु ४९९ को प्याकेजमा दुई एमबिपिएस र रु ६९९ को प्याकेजमा तीन एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ ।

भ्वाइसतर्फ रु २०० मा सबै नेटवर्कमा चल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज रहेको छ । यसैगरी रु ९९ मा आफ्नै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन मिल्ने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि खरिद गर्न सकिन्छ । यी मोबाइल प्याकेजको म्याद ३० दिनको हुनेछ ।

मोबाइलबाटै प्याकेज खरिद गर्न सकिने

कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफरका सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकले ८१४१५८११३ डायल गर्न वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन् ।