बंगलादेशको ढाकामा आयोजना हुने १०औं दक्षिण एसियाली कराते प्रतियोगिताका लागि नेपाली टोली बुधबार प्रस्थान गरेको छ। प्रतियोगिता जुलाइ १५ देखि १९ तारिखसम्म सञ्चालन हुनेछ। नेपालबाट ८० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
टोलीलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र सदस्य पवन शाहीले एक कार्यक्रमको आयोजना गरेका थिए। उक्त अवसरमा उनीहरूले टोलीलाई सफलताको शुभकामना दिए।
सो कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङलगायतको पनि उपस्थिति रहेको थियो।

