मुख्य सामग्रीमा जानुहोस्

मङ्सिर १ गतेदेखि 'हामी तयार छौँ' अभियान सुरु गर्ने कांग्रेसको तयारी : महामन्त्री पौडेल

नेपाली कांग्रेसले मङ्सिर १ गतेदेखि 'हामी तयार छौँ' अभियान सुरु गर्ने भएको छ। गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले अभियानअन्तर्गत पार्टीको आत्मसमीक्षा र प्रतिपक्षी भूमिकाको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
मङ्सिर १ गतेदेखि 'हामी तयार छौँ' अभियान सुरु गर्ने कांग्रेसको तयारी : महामन्त्री पौडेल
Online Khabar

नेपाली कांग्रेसले आफ्ना कमीकमजोरी औँल्याउँदै सशक्त रूपमा अघि बढ्न र प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउन मङ्सिर १ गतेदेखि 'हामी तयार छौँ' अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलले अभियानमार्फत आत्मसमीक्षा, विचार, दस्तावेज तथा सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका तयार गर्ने योजना सार्वजनिक गरेका छन् ।

३० कात्तिकमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले उक्त जानकारी दिएका हुन् । कांग्रेस गण्डकी प्रदेशले आयोजना गरेको उक्त भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका कमजोरी सच्याएर संगठनलाई बलियो बनाउने र सकारात्मक प्रतिपक्षका रूपमा प्रस्तुत हुने रणनीति अभियानले समेट्ने बताए ।

पार्टीका नेता तथा कार्यकर्तालाई हल्ला र कानेखुसीतर्फ नलाग्न आग्रह गर्दै उनले यस्ता प्रवृत्तिले संगठनलाई कमजोर बनाउने उल्लेख गरे । पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिए ।

यसैगरी कार्यविभाजन नपाएका नेताहरूलाई जिम्मेवारी दिने विषयमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने महामन्त्री पौडेलको भनाइ छ ।

अधिवेशन र निर्वाचनको तयारी

मङ्सिर महिनाभित्रै जिल्ला तथा प्रदेश अधिवेशन र स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उनले जानकारी दिए । सोही आधारमा अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने उनको भनाइ छ ।

पार्टीको आन्तरिक तयारीलाई एकै ढाँचामा अघि बढाउन महामन्त्रीबाट तल्ला तहसम्म निर्देशन पुग्ने गरी यो व्यवस्था गर्न लागिएको हो ।