मुख्य सामग्रीमा जानुहोस्

कांग्रेस देउवा पक्षका ४३ जिल्लामा नयाँ सभापति निर्वाचित, डोल्पा र सुर्खेतमा अधिवेशन बाँकी

कांग्रेसको देउवा पक्षले देशभरका ४५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको जनाएको छ । सो प्रक्रियाबाट ४३ जिल्लामा नयाँ जिल्ला सभापति निर्वाचित भएका छन् भने कर्णालीका डोल्पा र सुर्खेतमा अधिवेशन हुन बाँकी छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
कांग्रेस देउवा पक्षका ४३ जिल्लामा नयाँ सभापति निर्वाचित, डोल्पा र सुर्खेतमा अधिवेशन बाँकी
eKantipur

काठमाडौं — कांग्रेसको देउवा पक्षले मुलुकका ४५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । ती जिल्लामध्ये ४३ जिल्लामा नयाँ जिल्ला सभापति निर्वाचित भएका छन् ।

कोशीदेखि सुदूरपश्चिमसम्मका जिल्लामा नयाँ नेतृत्व चयन भइसके पनि काठमाडौं र धादिङमा भने अधिवेशनको उद्घाटन मात्र भएको छ, ती दुई जिल्लामा नयाँ सभापति चयन भएको छैन । यसैगरी कर्णाली प्रदेशका डोल्पा र सुर्खेतमा अधिवेशन प्रक्रिया नै पूरा हुन बाँकी रहेको पक्षले जनाएको छ ।

कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा भने सभापति टुंगिएका छन् । बाँकी दुई जिल्लामा अधिवेशन गर्ने तयारी रहेको जनाइएको छ ।

कुन प्रदेशका कुन जिल्लामा को सभापति ?

कोशी प्रदेश

  • ताप्लेजुङ — अमरबहादुर सेन्दाङ

  • झापा — कृष्ण हुमागाईं

  • संखुवासभा — रामकुमार जिमी

  • भोजपुर — धर्मराज राई

  • धनकुटा — कमोट फागु

  • खोटाङ — रोजन राई

  • ओखलढुंगा — डेकराज भट्टराई

  • उदयपुर — वसन्तकुमार बस्नेत

मधेश प्रदेश

  • धनुषा — कोमलकान्त झा

  • बारा — राजेश राय यादव

बागमती प्रदेश

  • दोलखा — ताराकुमार खड्का

  • रसुवा — उपेन्द्र लम्साल

  • सिन्धुपाल्चोक — बालकृष्ण बस्नेत

  • काभ्रेपलाञ्चोक — रमेशप्रसाद हुमागाईं

  • चितवन — मिलनबाबु श्रेष्ठ

  • ललितपुर — सुदर्शन घिमिरे

गण्डकी प्रदेश

  • कास्की — ऋषिराम काफ्ले

  • पर्वत — यमबहादुर मल्ल

  • स्याङ्जा — इन्द्रबहादुर गोदार

  • म्याग्दी — हिराबहादुर पुन

  • नवलपुर — अशोक बस्ताकोटी

लुम्बिनी प्रदेश

  • कपिलवस्तु — राजेश सिंह

  • अर्घाखाँची — बाबुराम पौडेल

  • गुल्मी — वेदबहादुर थापा

  • रोल्पा — मानबहादुर खत्री

  • प्युठान — देवेन्द्र बर्मा

  • दाङ — गोपालराज शर्मा

  • बाँके — प्रमोदबहादुर श्रेष्ठ

  • बर्दिया — जग्गाप्रसाद पाण्डे

कर्णाली प्रदेश

  • पश्चिम रुकुम — नन्दबहादुर विष्ट

  • सल्यान — दीपक चन्द

  • जुम्ला — नेत्रकला शाही

  • मुगु — तिलक मल्ल

  • हुम्ला — सूर्यबहादुर शाही

  • कालिकोट — नगेन्द्र विष्ट

  • जाजरकोट — रामजंग शाह

  • दैलेख — दिनेशकुमार हमाल

सुदूरपश्चिम प्रदेश

  • बाजुरा — धनराज पण्डित

  • बझाङ — हर्कजंगबहादुर सिंह

  • डोटी — बाजिसिंह खड्का

  • दार्चुला — सुरेन्द्रराज अवस्थी

  • बैतडी — वीरबहादुर विष्ट

  • डडेल्धुरा — डिल्लीराम जोशी