मुख्य सामग्रीमा जानुहोस्

मधेसका आठै जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, अर्को कार्यकालको समर्थन

खुस्बु ओली नेतृत्वको युवा टोलीको चारदिने मधेस यात्रा वीरगञ्जमा समापन भएको छ। समापन भेलामा मधेसका आठै जिल्ला अध्यक्षले लिङ्देनको नेतृत्वप्रति ऐक्यबद्धता जनाएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
मधेसका आठै जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, अर्को कार्यकालको समर्थन
Nagariknetwork

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेस प्रदेशका आठै जिल्ला अध्यक्षले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई अर्को एक कार्यकालका लागि पनि अध्यक्ष बनाउनुपर्ने अडानसहित उनको पक्षमा समर्थन जनाएका छन्। शुक्रबार वीरगञ्जमा आयोजित भेलामा सहभागी भएर उनीहरूले यस्तो धारणा राखेका हुन्।

खुस्बु ओली नेतृत्वको युवा टोलीले गरेको चारदिने मधेस यात्राको समापन कार्यक्रमसँगै उक्त भेलाको आयोजना भएको हो। सप्तरीबाट शुरु भएको टोलीको यात्रा सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका विभिन्न स्थान हुँदै पर्सामा पुगेर टुंगिएको राप्रपाले जनाएको छ।

समापन कार्यक्रममा पार्टी अध्यक्ष लिङ्देन स्वयं उपस्थित भएका थिए। भेलामा मधेस प्रदेशका आठै जिल्लाका अध्यक्ष तथा लिङ्देनका समर्थकहरूको उपस्थिति उत्साहजनक रहेको पार्टीको दाबी छ।

भेलामा बोल्ने नेताहरूले लिङ्देनलाई अर्को कार्यकालका लागि अध्यक्ष बनाइराख्नुपर्नेमा जोड दिएका छन्। जिल्ला अध्यक्षहरूको यो समर्थनलाई लिङ्देनको नेतृत्वप्रतिको ऐक्यबद्धताका रूपमा प्रस्तुत गरिएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तराई–मधेसबाट आफूलाई प्राप्त भएको समर्थनले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। उनले मधेसका नेता तथा कार्यकर्ताले दिएको साथ र समर्थनका लागि आभारसमेत व्यक्त गरेका छन्।