मुख्य सामग्रीमा जानुहोस्

हिमाल आरोहण अनुमतिबाट ३३ करोड ४२ लाख राजस्व संकलन

चालु आवमा ४८ हिमालका १८८ टोलीलाई आरोहण अनुमति दिइएको थियो। सबैभन्दा बढी राजस्व मनास्लु र आमादब्लम आरोहणबाट संकलन भएको छ। आरोहण तथा सलामी दस्तुरबापत उठेको रकम राज्यकोषमा दाखिला गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
हिमाल आरोहण अनुमतिबाट ३३ करोड ४२ लाख राजस्व संकलन
Nagariknetwork

चालु आर्थिक वर्षमा हिमाल आरोहणका लागि प्रदान गरिएको अनुमतिबापत सरकारले ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिभर ४८ वटा हिमालका लागि गरी १८८ टोलीलाई आरोहण अनुमति दिइएको थियो।

संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लुको रहेको छ। सो हिमालका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट मात्र २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ उठेको छ। दोस्रो स्थानमा रहेको आमादब्लमतर्फ ४७६ आरोही रहेका छन्, जसबाट ७ करोड १३ लाख ४७ हजार १०० रुपैयाँ सलामी दस्तुर संकलन भएको छ।

अन्य हिमालबाट उठेको राजस्व यस्तो छ :

  • धौलागिरि–१ आरोहणका ३७ जनाबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ,

  • हिम्लुङ आरोहण दलका १३० जनाबाट ७९ लाख ७४ हजार २० रुपैयाँ,

  • मकालु आरोहण गर्ने तीन आरोहीबाट ६ लाख ८८ हजार ५० रुपैयाँ।

  • आरोहण अनुमति तथा सलामी दस्तुरबापत उठेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको छ।