मुख्य सामग्रीमा जानुहोस्

पाँचथरको चाररातेमा पर्यटकको चाप बढ्दा व्यवस्थापन चुनौती

पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने चारराते प्राकृतिक सौन्दर्यले पर्यटक तानिरहेको छ। हिमाली शृङ्खला, चौंरी चरिरहेका पाटन र पोखरीले भरिपूर्ण यो क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा भारतीय पर्यटकको भीड लाग्न थालेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
पाँचथरको चाररातेमा पर्यटकको चाप बढ्दा व्यवस्थापन चुनौती
Online Khabar

पाँचथरको फालेलुङ गाउँपालिकामा अवस्थित चारराते पछिल्लो समय आन्तरिक तथा भारतीय पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ। समुद्र सतहबाट करिब ३ हजार ५ सय मिटर उचाइमा रहेको यो क्षेत्रको प्राकृतिक सौन्दर्यले स्वदेशी मात्र नभई सीमापारका पर्यटकलाई समेत आकर्षित गर्ने गरेको छ।

यहाँ पुग्ने पर्यटकलाई वरपरका हिमाली शृङ्खलाको दृश्यले मोहित बनाउँछ। पाटन, चौर र बुकीहरूमा चौंरी चरिरहेको दृश्य यस क्षेत्रको मुख्य आकर्षण हो। जलजले र झण्डा लगायतका पोखरीलाई यहाँका गहना मानिन्छ। नजिकै रहेका सन्दकपुर र आहालसम्म पुग्दा यात्रा अझ रोमाञ्चक बन्ने गरेको छ।

पुग्ने बाटो र बढ्दो भीड

भारतसँग सिमाना जोडिएको यो क्षेत्रमा भारतीय पर्यटक भारतकै बाटो हुँदै आउने गर्छन्। नेपाली पर्यटक भने सदरमुकाम फिदिमबाट भैँसे हुँदै चारराते पुग्ने गर्छन्। इलामतर्फबाट सन्दकपुर हुँदै पनि यहाँसम्म पुग्न सकिन्छ। मोटरसाइकल वा गाडीजस्ता सवारी साधनबाट सहजै पुग्न सकिने भएकाले पनि आगन्तुकको संख्या ह्वात्तै बढेको हो।

पर्यटन व्यवसायी विमल गुरुङका अनुसार पर्यटकको चाप बढेसँगै यहाँका होमस्टे र होटल भरिभराउ छन्। सडकमा पनि सवारी साधनको भीड देखिन थालेको छ।

चौंरी महोत्सव र व्यवस्थापनको सवाल

यहाँ प्रत्येक वर्ष १ वैशाखमा चौंरी महोत्सव आयोजना हुने गर्छ। स्थानीय शिल्प राईले सोही महोत्सवमार्फत यो क्षेत्रको प्रवर्द्धन गर्ने प्रयास गरिएको बताए। उनका अनुसार अहिले यस क्षेत्रले धान्नै नसक्ने गरी आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्, जसलाई उनले खुसीको विषय भनेका छन्।

तर पर्यटकको संख्या बढेसँगै व्यवस्थापनको चुनौती पनि थपिँदै गएको छ। बढ्दो आगन्तुकको चापलाई मध्यनजर गर्दै पूर्वाधार र व्यवस्थापनलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।