मुख्य सामग्रीमा जानुहोस्

मुस्ताङमा पहिलो चौमासिकमै एक लाख १२ हजार पर्यटक, कात्तिकमा आगमन उच्च

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मुस्ताङ भित्रिएका पर्यटकको संख्या एक लाख १२ हजार ४८ पुगेको छ । दशैँ, तिहार र छठको लामो बिदाका कारण कात्तिकमा पर्यटक आगमन ह्वात्तै बढेको प्रहरी तथ्यांकले देखाउँछ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
मुस्ताङमा पहिलो चौमासिकमै एक लाख १२ हजार पर्यटक, कात्तिकमा आगमन उच्च
Online Khabar

मंसिर २, मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा हिमाली जिल्ला मुस्ताङ भित्रिने पर्यटकको संख्या एक लाख १२ हजार ४८ पुगेको छ । साउनदेखि कात्तिकसम्मको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै आएका ती पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सडकमार्ग भएर आउने नेपाली पर्यटकमध्ये ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला छन् । विदेशी पर्यटकतर्फ ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला तथा सात जना अन्य रहेको उनले बताए ।

यस अवधिमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या तीन हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

कात्तिकमा आगमन ह्वात्तै बढ्यो

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ छिरेका छन् । दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिक महिनामा पर्यटकको आगमन बढेको प्रहरीले जनाएको छ । यसको तुलनामा असोजमा भने पर्यटक संख्या न्यून रह्यो ।

असोजमा भारी वर्षाका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा पर्यटक आगमन घटेको प्रहरी निरीक्षक बस्यालले बताए ।

पर्यटकसँगै सवारीसाधनको आवागमन पनि उल्लेख्य रहेको छ । पहिलो चौमासिकमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ भित्रिएका छन् । प्रहरीका अनुसार साउनमा ४१ हजार ७४७, भदौमा सात हजार ९८२, असोजमा चार हजार ९७३ र कात्तिकमा १५ हजार ४४ सवारीसाधन जिल्ला प्रवेश गरेका थिए ।

यसैगरी आर्थिक वर्ष २०८२/८३ मा बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।