मुख्य सामग्रीमा जानुहोस्

एनआरएनए आईसीसी सदस्यमा कतारबाट तुलसीराम पाण्डे मनोनीत

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा कतारबाट सामाजिक अभियन्ता तुलसीराम पाण्डेलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा मनोनीत गरेको छ।

DHAKA RAM POUDEL

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
एनआरएनए आईसीसी सदस्यमा कतारबाट तुलसीराम पाण्डे मनोनीत

दोहा, कतार ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा कतारबाट सामाजिक अभियन्ता तुलसीराम पाण्डेलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा मनोनीत गरेको छ। संघको संशोधित विधानअनुसार गठन गरिएको ५१ सदस्यीय आईसीसीमा उनलाई समेटिएको हो।

कतारमा लामो समयदेखि नेपाली समुदायको हकहित र सामाजिक कार्यमा जोडिँदै आएका पाण्डेको मनोनयनलाई यहाँका प्रवासी नेपालीहरूले सकारात्मक रूपमा लिएका छन्। उनी कतारको नेपाली समाजमा एक परिचित नाम हुन्।

एनआरएनए अभियानमा सुरुदेखि नै सक्रिय रहेका पाण्डे केही समय संस्थागत गतिविधिबाट टाढिएका थिए। तर, संस्था एकतापछि अग्रज तथा साथीभाइहरूको आग्रहमा पदभन्दा पनि समाज र नेपालीका लागि काम गर्ने प्रतिबद्धतासहित आफू पुनः फर्किएको उनले बताएका छन्। एनआरएनए विश्वभर रहेका नेपालीहरूको साझा संस्था भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

यसअघि एनआरएनए कतारको सल्लाहकारको जिम्मेवारीमा रहँदा पनि उनले संस्थागत कार्यहरू तथा सामाजिक अभियानमा आफ्नो भूमिका निर्वाह गरेका थिए।

संघको पछिल्लो निर्णयअनुसार आईसीसीमा महिला, दोस्रो पुस्ता, विज्ञ समूह तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्बाट प्रतिनिधित्व सुनिश्चित गर्दै ५१ सदस्यीय परिषद्लाई पूर्णता दिइएको छ। यसै समितिमा कतारबाट पाण्डेसहित अर्का अभियन्ता युवराज शर्मा पनि आईसीसी सदस्यमा मनोनीत भएका छन्। उनीहरूको मनोनयनसँगै कतारमा रहेका नेपालीहरूको हकहित र एनआरएनएको संस्थागत सुदृढीकरणमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।