मुख्य सामग्रीमा जानुहोस्

विश्वकप २०२६ फाइनलको रेफ्रीमा स्लोभेनियाका भिनिसिच

फिफाले विश्वकप २०२६ को फाइनलका लागि ४६ वर्षीय स्लोभेनियन रेफ्री स्लाभ्को भिनिसिचलाई तोकेको छ । भिनिसिचले यसअघि सन् २०२४ मा युरोपेली च्याम्पियन्स लिगको फाइनलसमेत खेलाएका थिए । अर्जेन्टिना लगातार दोस्रो पटक फाइनल पुगेको हो…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
विश्वकप २०२६ फाइनलको रेफ्रीमा स्लोभेनियाका भिनिसिच

फिफा विश्वकप २०२६ को फाइनलको रेफ्रीमा स्लोभेनियाका ४६ वर्षीय स्लाभ्को भिनिसिचलाई तोकिएको छ । शुक्रबार फिफाले यससम्बन्धी जानकारी दिएको हो । आइतबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।

भिनिसिचले यसअघि सन् २०२४ मा युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलाइसकेका छन् । उनी फिफा विश्वकपमा यसपालि तीन खेलको जिम्मेवारी सम्हालिसकेका छन्, जसमा सात पहेँलो र एक रातो कार्ड देखाएका छन् ।

अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उसले यसपटक युरोपेली प्रतिद्वन्द्वी स्पेनको सामना गर्न लागेको छ । यसअघि केही टोलीहरूले रेफ्रीहरूले अर्जेन्टिना र उसका कप्तान लियोनल मेसीलाई फाइदा हुने गरी निर्णय लिने गरेको आरोप लगाएका थिए । यस पृष्ठभूमिमा फाइनलका लागि युरोपेली रेफ्रीको चयन गरिएको हो ।