मुख्य सामग्रीमा जानुहोस्

भारी वर्षाको पूर्वानुमानपछि खोटाङमा सवारी साधन चलाउन प्रतिबन्ध

खोटाङ जिल्लामा भारी वर्षाको आँकलन गर्दै प्रशासनले शनिबार रातिदेखि आइतबार बिहानसम्म यातायात चलाउन रोक लगाएको छ। चखेवा–दिक्तेल–जयरामघाट सडकखण्ड र सहायक सडकमा आपतकालीनबाहेक सवारी साधन प्रतिबन्धित हुनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
भारी वर्षाको पूर्वानुमानपछि खोटाङमा सवारी साधन चलाउन प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय खोटाङले भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै शनिबार साँझ ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म जिल्लाका प्रमुख सडकहरूमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। यस अवधिमा आपतकालीन सेवाका सवारी साधनलाई भने छुट दिइनेछ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले शनिबार जारी गरेको सूचना अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडक तथा यसका सहायक सडकहरूमा यो प्रतिबन्ध लागू हुने छ। वर्षाका कारण दुर्घटना र जनधनको क्षति हुन सक्ने भन्दै प्रशासनले यो कदम चालेको जनाइएको छ।

आपतकालीन अवस्थामा सवारी साधन चलाउन आवश्यक भएमा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीको मोबाइल नम्बर ९८५२८०५५५५ मा सम्पर्क गर्न पनि सूचनामा उल्लेख गरिएको छ।