मुख्य सामग्रीमा जानुहोस्

होन्डाका २००१–२०१४ मोडेलको एयरब्याग नि:शुल्क जाँच गर्ने अभियान

स्याकार ट्रेडिङले होन्डा कारका सन् २००१ देखि २०१४ सम्मका मोडेलको एयरब्याग नि:शुल्क जाँच र मर्मत गर्ने अभियान सुरु गरेको छ । ग्राहकले आफ्नो गाडी यस अभियानमा पर्ने/नपर्ने होन्डाको वेबसाइटमा हेर्न सक्नेछन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
होन्डाका २००१–२०१४ मोडेलको एयरब्याग नि:शुल्क जाँच गर्ने अभियान

नेपालमा होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले एयरब्याग सुरक्षासम्बन्धी नि:शुल्क रिकल अभियान सञ्चालन गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार सन् २००१ देखि २०१४ सम्म निर्मित होन्डा कारका विभिन्न मोडेल यस अभियानमा समेटिएका छन् ।

यसमा सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड गरी सात मोडेल पर्ने कम्पनीले जनाएको छ । प्रभावित गाडीको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा नि:शुल्क गरिने बताइएको छ ।

ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर स्वयं जाँच गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।