सिरहा प्रहरीले लहान नगरपालिका-३ स्थित नयाँ बस्ती टोलबाट ६५२ किलो अवैध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त स्थानबाट गाँजा लोड भएको एउटा पिकअप गाडी समेत नियन्त्रणमा लिएको छ। लागुऔषध ओसारपसारमा संलग्न रहेको आशङ्कामा तीनै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी रहेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।
