मुख्य सामग्रीमा जानुहोस्

छविलाल भट्टराईको अध्यक्षतामा नेपाली रक्तदाता संघ कतारको नयाँ कार्यसमिति

दोहा, कतार — नेपाली रक्तदाता संघ कतारको चौथो अधिवेशन तथा सातौं स्थापना दिवस प्लाजा मलस्थित वेल्फेयर रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले छविलाल भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति…

अर्जुन पौडेल

· १ मिनेटको पढाइ

२२पटक हेरिएकोटिप्पणीशेयर
छविलाल भट्टराई
छविलाल भट्टराई (Photo- Tilu Sharma Poudel)

दोहा, कतार — नेपाली रक्तदाता संघ कतारको चौथो अधिवेशन तथा सातौं स्थापना दिवस प्लाजा मलस्थित वेल्फेयर रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले छविलाल भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

​नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरूमा मेनुका खतिवडा भण्डारी, सन्तोष पौडेल, देव लम्साल र घनश्याम अर्याल रहेका छन्। यस्तै, सचिवमा कल्याण थापा, सहसचिवमा कमल अर्याल, कोषाध्यक्षमा नीराजन गौतम र सह–कोषाध्यक्षमा राजकुमार तिमल्सिना चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा कल्पना घर्ती, श्रद्धा के.सी. कटुवाल, जीव नारायण पौडेल, लीलानाथ घिमिरे, गोरख चन्द ठाकुरी, प्रेम बहादुर सुनार, जमुना मानन्धर श्रेष्ठ, श्याम कुमार डाँगी, विमल सुबेदी, राम कुमार कोइराला, सन्तोष भुजेल, नारायण कार्की, भवानी प्रसाद ओझा, नारायण खपाङ्गी मगर, अरुण कुमार यादव, जय शंकर कुमार शाह, महेश प्रसाद लामिछाने र महेन्द्र कुमार चालिसे रहेका छन्।

​संघका कार्यवाहक अध्यक्ष छविलाल भट्टराईको अध्यक्षतामा आयोजित खुला सत्रमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका सचिव तेज कटुवाल प्रमुख अतिथि र नेपाली नियोगकी द्वितीय सचिव स्मारिका सुवेदी विशिष्ट अतिथि रहेका थिए।

​कार्यक्रममा कतारमा १० पटकभन्दा बढी रक्तदान गर्ने रक्तदाता, सहयोगी संस्था तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि कार्यस्थल सुरक्षा, योग तथा ध्यान, सामाजिक सुरक्षा कोष, स्थानीय श्रम कानुन र रक्तदानको महत्व विषयमा विभिन्न विज्ञहरूले प्रशिक्षणसमेत दिएका थिए।

​नवनिर्वाचित अध्यक्ष भट्टराईले रक्तदान अभियानलाई नेपाली समुदायमा मात्र सीमित नराखी अन्य समुदायसँग समेत सहकार्य गरेर अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। स्वागत मन्तव्य उपाध्यक्ष मेनुका भण्डारीले दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव कल्याण थापाले गरेका थिए।