काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप ६ वटा उपसमिति गठन भएका छन् । प्रतिष्ठानका प्रमुख एवं उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले नयाँ उपसमिति थप्दै संयोजकको जिम्मेवारीसमेत तय गरेको हो ।
योसँगै प्रतिष्ठानमा कुल उपसमितिको सङ्ख्या ३१ पुगेको छ । नयाँ उपसमितिहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध, उपभोक्ता अधिकार, यौनिक तथा लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिक, सिमान्तीकृत समुदाय र स्थानीय तह सुशासनका विषय समेटिएका छन् ।
थपिएका उपसमिति
प्रतिष्ठानले साउन २० गते बसेको बैठकबाट थप गरेका उपसमितिहरू यी हुन् :
अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमिति
उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमिति
यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमिति
ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमिति
सिमान्तीकृत वर्ग र समुदाय : सम्वाद र सशक्तिकरण उपसमिति
स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमिति
संयोजकको जिम्मेवारी
नयाँ उपसमितिहरूको संयोजकत्व क्रमशः यी नेताहरूलाई तोकिएको छ :
अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमिति – सुमित शर्मा ‘समीर’
उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमिति – कैलाश के.सी.
यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमिति – प्रतीक्षा चापागाई
ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमिति – अनुपा श्रेष्ठ
सिमान्तीकृत वर्ग र समुदाय : सम्वाद र सशक्तिकरण उपसमिति – नरेन्द्र पासवान
स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमिति – डोलराज भुसाल
