मुख्य सामग्रीमा जानुहोस्

सिमरा हत्या प्रकरण: गरिमाका आमाबुवासँग गृह मन्त्रालयमा छलफल हुने

गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरी शनिबार अपराह्न सिमरा विमानस्थलबाट काठमाडौं ल्याइएका हुन्। गृहमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा गृह मन्त्रालयमा छलफल सुरु हुनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
सिमरा हत्या प्रकरण: गरिमाका आमाबुवासँग गृह मन्त्रालयमा छलफल हुने
Online Khabar

बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीका आमाबुवा न्यायका लागि आधिकारिक वार्तामा सहभागी हुन काठमाडौं आइपुगेका छन्। शनिबार अपराह्न सिमरा विमानस्थलबाट स्थानीय अभियन्तासँगै आएका उनीहरूसँग गृह मन्त्रालयमा छलफल हुने भएको छ।

गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मन्त्रालयमा केहीबेरमा छलफल सुरु हुनेछ। गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौंसम्म साथ दिन स्थानीय अभियन्ताहरू पनि आएका थिए।

काठमाडौं प्रस्थान गर्नुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयबासीलाई छोरीको न्यायका लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए।