मुख्य सामग्रीमा जानुहोस्

रसुवा–नुवाकोटका बाढीपीडितका लागि फर्चुना हेल्थकेयरको आफ्नै उत्पादन सहयोग

रसुवा र नुवाकोटमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र उपचारमा सहयोग पुर्‍याउन फर्चुना हेल्थकेयरले आफ्नै कारखानामा उत्पादित स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ। कम्पनीका अध्यक्ष ईश्वर जीसीले विपत्तिको समयमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा–नुवाकोटका बाढीपीडितका लागि फर्चुना हेल्थकेयरको आफ्नै उत्पादन सहयोग
Online Khabar

१२ भदौ, काठमाडौं । रसुवा र नुवाकोटमा गएको बाढी र पहिरोबाट प्रभावित नागरिकको उपचार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले फर्चुना हेल्थकेयरले आफ्नै कारखानामा उत्पादित स्वास्थ्य सामग्री निःशुल्क हस्तान्तरण गरेको छ।

कम्पनीले सिरिन्ज, कटन, गज, ब्यान्डेजलगायतका स्वास्थ्य सामग्री नेपाल संस्थामार्फत प्रभावित क्षेत्रमा वितरण गर्ने गरी हस्तान्तरण गरेको हो।

फर्चुना हेल्थकेयर तथा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले राष्ट्रिय विपत्तिको समयमा नेपाली उद्योग तथा निजी क्षेत्रले आफ्नो क्षमता र स्रोतअनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए। 'नेपाली उत्पादन, नेपालीको साथ' भन्ने भावनाका साथ आफूहरूले सहयोग गरेको उनको भनाइ छ।

उनले आफ्नै कारखानामा उत्पादित स्वास्थ्य सामग्रीले प्रभावित नागरिकको उपचारमा केही राहत पुग्ने विश्वास व्यक्त गरे। साथै, यसअघि जेनजी आन्दोलनका क्रममा वीर अस्पताल र सिभिल अस्पताललगायत स्वास्थ्य संस्थालाई पनि फर्चुना हेल्थकेयरका उत्पादन सहयोग गरिएको उनले स्मरण गरे।

जीसीले लुम्बिनी लायन्स खेलकुदमार्फत युवासँग र फर्चुना हेल्थकेयर स्वास्थ्य सेवामार्फत नागरिकसँग जोडिएको उल्लेख गर्दै क्षेत्र फरक भए पनि दुवै संस्थाको उद्देश्य नेपालीको साथमा उभिनु रहेको बताए। उनका अनुसार सहयोग सानो वा ठूलो हुँदैन, सबैले आफ्नो ठाउँबाट गरेको सानो सहयोगले पनि प्रभावित परिवारलाई ठूलो राहत पुर्‍याउन सक्छ। फर्चुना हेल्थकेयर सधैं नेपालीको साथमा रहने उनको भनाइ छ।