मुख्य सामग्रीमा जानुहोस्

गत आवमा रु सात खर्ब २० अर्ब ८६ करोडको घरजग्गा कारोबार

नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०८२/८३ मा रु सात खर्ब २० अर्ब ८६ करोडको घरजग्गा कारोबार भएको छ। अघिल्लो आवमा यो रकम रु तीन खर्ब ८६ अर्ब १५ करोड थियो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
गत आवमा रु सात खर्ब २० अर्ब ८६ करोडको घरजग्गा कारोबार
Nagariknetwork

आर्थिक वर्ष २०८२/८३ मा देशभर रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गा कारोबार भएको तथ्याङ्कले देखाएको छ। नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवमा घरजग्गा कारोबार बढेको हो।

राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आव २०८१/८२ मा भने रु तीन खर्ब ८६ अर्ब १५ करोड बराबरको घरजग्गा कारोबार भएको थियो। गत आवमा कारोबारको रकम अघिल्लो आवको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ।

कारोबार सङ्ख्याका हिसाबले पनि गत आवमा वृद्धि भएको छ। आव २०८२/८३ मा घरजग्गाको कुल कारोबार सङ्ख्या आव २०८१/८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ। यसअघि आव २०८१/८२ मा भने कारोबार सङ्ख्या अघिल्लो आवको तुलनामा एक दशमलव ८४ प्रतिशतले घटेको थियो।