मुख्य सामग्रीमा जानुहोस्

एआई प्रतिस्पर्धाका बीच चीनले आफ्ना नागरिकको विदेश भ्रमणमा व्यापक प्रतिबन्ध लगायो

चीनले प्रविधि तथा औद्योगिक सुरक्षालाई खतरामा पार्ने नागरिकको विदेश भ्रमणमा मङ्गलबारदेखि व्यापक प्रतिबन्ध लागू गरेको छ। गत जुलाईमा पारित नयाँ प्रवेश तथा प्रस्थान नियमअनुसार एआई क्षेत्रमा नियम उल्लंघन गर्नेहरू यसको दायरामा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
एआई प्रतिस्पर्धाका बीच चीनले आफ्ना नागरिकको विदेश भ्रमणमा व्यापक प्रतिबन्ध लगायो
Online Khabar

चीनले आफ्ना नागरिकहरूको विदेश भ्रमणमा मङ्गलबारदेखि व्यापक प्रतिबन्ध लागू गरेको छ। देशको औद्योगिक वा प्रविधि सुरक्षामा जोखिम पुर्याएको ठानिएका व्यक्तिहरूलाई यसअनुसार देश छाड्न रोक लगाइएको छ।

गत जुलाईमा स्वीकृत भएका नयाँ प्रवेश तथा प्रस्थान नियमहरू प्रविधि आयात–निर्यातसम्बन्धी व्यवस्था उल्लंघन गर्ने नागरिकमाथि लागू हुनेछन्। विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा नियम उल्लंघन गर्नेहरू यी प्रतिबन्धको निसानामा पर्नेछन्।

बेइजिङस्थित स्टेट काउन्सिलले नयाँ व्यवस्थाबारे जानकारी दिँदै राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका हितको संरक्षण गर्ने उद्देश्यले यी नियम बनाइएको बताएको छ।

यी नियम चीनभित्र रहेका व्यक्तिमा मात्र सीमित छैनन्। विदेशमा रहँदा आपराधिक कार्य गरेको ठहर भएका चिनियाँ नागरिकमाथि पनि यो व्यवस्था लागू हुनेछ। यस्ता मामिलामा सम्बद्ध व्यक्तिलाई चीन फर्किएको मितिदेखि तोकिएको अवधिसम्म देश छाड्न प्रतिबन्ध लगाइने स्टेट काउन्सिलले जनाएको छ। सो अवधि छ महिनादेखि तीन वर्षसम्मको हुन सक्ने उल्लेख गरिएको छ।

यी प्रतिबन्धहरू अमेरिका र चीनबीच प्रविधिको प्रतिस्पर्धा चलिरहेका बेला आएका हुन्। पछिल्ला महिनाहरूमा दुवै देशले आ–आफ्नो भूमिमा विकसित एआई मोडेल चोरी भएको आरोप एकअर्कामाथि लगाउँदै आएका छन्।