मुख्य सामग्रीमा जानुहोस्

विपद् घटनाको इन्जिनियरिङ पक्षबारे पनि अध्ययन आवश्यक : बिजुक्छे

ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको शैक्षिक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले विपद्लाई केवल प्राकृतिक घटनाका रूपमा नहेर्न आग्रह गरे।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
विपद् घटनाको इन्जिनियरिङ पक्षबारे पनि अध्ययन आवश्यक : बिजुक्छे
Online Khabar

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न प्राकृतिक विपद्बाट ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्दै यस्ता घटनालाई इन्जिनियरिङका दृष्टिकोणबाट पनि अध्ययन गर्नुपर्ने बताएका छन् ।

बिहीबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ कलेजको शैक्षिक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले यस्तो धारणा राखेका हुन् ।

भोटेकोशी बाढी तथा कृष्णभिर र मेलम्ची क्षेत्रमा भएका विपद्का घटनाले पूर्वाधार निर्माण, वातावरण र विपद् व्यवस्थापनसँग जोडिएका विषयमा थप अध्ययन आवश्यक रहेको उनले औंल्याए । विपद्का घटनालाई मात्र प्राकृतिक विपत्तिका रूपमा नलिई यसलाई इन्जिनियरिङसँग सम्बन्धित विषयका रूपमा पनि बुझ्नुपर्ने उनको भनाइ थियो ।

यस्ता घटना आफ्नै इन्जिनियरिङमा भएको त्रुटिले हो वा सरकारको गम्भीरता नपुगेकाले भइरहेको हो भन्ने विषयमा समेत गम्भीर अध्ययन हुनुपर्ने बिजुक्छेले बताए । सबै पक्षबाट विषयको गम्भीर अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

भक्तपुरलाई ‘टेस्ट ट्युब’ बनाउने चाहना

अध्यक्ष बिजुक्छेले भक्तपुरलाई नयाँ अभ्यास र प्रयोगका लागि उपयुक्त स्थान अर्थात् ‘टेस्ट ट्युब’ का रूपमा विकास गर्न खोजिएको जानकारी दिए । सानो भूगोल, तुलनात्मक रूपमा कम जटिलता र राजधानी काठमाडौँसँगको निकटताका कारण नयाँ योजना तथा अभ्यास सञ्चालन गर्न भक्तपुरमा सहज वातावरण रहेको उनले बताए ।