मुख्य सामग्रीमा जानुहोस्

बेनीको बालगृहमा सामूहिक भाइटीका, नौ बालबालिकाले एकअर्कालाई लगाए टीका

म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले बुधबार सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । बालगृहमा हाल नौ जना बालबालिका रहेका छन् र विगत चार वर्षदेखि हरेक तिहारमा यसैगरी सामूहिक भाइटीका कार्यक्रम हुँदै आएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
बेनीको बालगृहमा सामूहिक भाइटीका, नौ बालबालिकाले एकअर्कालाई लगाए टीका
Online Khabar

म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले बुधबार सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको उक्त बालगृहका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् ।

बालबालिकालाई तिहारका बेला एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए । बालगृहमा हाल नौ जना बालबालिका आश्रित रहेको उनले बताए ।

अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै उनीहरूको माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था पनि गरिएको सभापति शाक्यले जानकारी दिए । यसपटकको भाइटीका कार्यक्रमका लागि उनैले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरेका थिए ।

बालगृहमा विगत चार वर्षदेखि हरेक तिहारमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ ।