मुख्य सामग्रीमा जानुहोस्

नवीकरणीय स्रोतको पुनःप्रयोग व्यवस्थित गर्न चीनका नौ निकायद्वारा नयाँ निर्देशिका जारी

चीनका नौ सरकारी निकायले नवीकरणीय स्रोतको पुनःप्रयोग प्रणाली सुधार्ने र सम्बन्धित उद्योगको उच्च गुणस्तरीय विकास अघि बढाउने उद्देश्यले नयाँ निर्देशिका जारी गरेका छन्। निर्देशिकामा ‘नयाँ तीन’ भनेर वर्गीकृत विद्युतीय सवारी,…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
नवीकरणीय स्रोतको पुनःप्रयोग व्यवस्थित गर्न चीनका नौ निकायद्वारा नयाँ निर्देशिका जारी
Online Khabar

नवीकरणीय स्रोतको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सो क्षेत्रको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने लक्ष्यसहित चीनका नौ सरकारी निकायले संयुक्त रूपमा नयाँ निर्देशिका जारी गरेका छन्। बेइजिङबाट सार्वजनिक भएको उक्त निर्देशिकाबारे चीनको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार निर्देशिकामा स्रोतको पुनःप्रयोग प्रणाली विकाससँग सम्बन्धित १६ वटा प्रमुख कार्य समेटिएका छन्। ती कार्यमार्फत पुनःप्रयोगलाई थप संगठित बनाउँदै उद्योगको विकासलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

‘नयाँ तीन’ मा विशेष जोड

विद्युतीय सवारीसाधन, लिथियम–आयन ब्याट्री र सौर्य ऊर्जा (फोटोभोल्टिक) उत्पादनलाई चीनले ‘नयाँ तीन’ का रूपमा वर्गीकृत गरेको छ। यी क्षेत्रबाट उत्पन्न हुने ठोस फोहोरको संकलन, व्यवस्थापन तथा विघटनलाई निर्देशिकाले प्राथमिकतामा राखेको छ।

स्थानीय परिस्थितिअनुसार फरक–फरक पुनःप्रयोग मोडल छनोट गरी कार्यान्वयन गर्न पनि निर्देशिकाले सम्बन्धित निकायलाई निर्देश गरेको छ। यसअन्तर्गत विविध प्रकारका नवीकरणीय स्रोतका साथै ठूला तथा पुराना फर्निचर र प्रयोगविहीन घरेलु विद्युतीय उपकरणको व्यवस्थापन पनि परेको छ।

‘नयाँ तीन’ अन्तर्गतका उत्पादनबाट निस्कने ठोस फोहोरको पुनःप्रयोग तथा व्यवस्थापनका लागि समग्र योजना पनि अघि सारिएको छ।

उत्पादनदेखि पुनःप्रयोगसम्मको शृङ्खला

विद्युतीय सवारीका पावर ब्याट्री व्यवस्थापनमा देखिएका कमजोरी हटाउने, फोटोभोल्टिक उपकरणको पुनःप्रयोग तथा उपयोग प्रणाली सुधार्ने र उत्पादनदेखि पुनःप्रयोगसम्मको सम्पूर्ण प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य निर्देशिकाले लिएको छ।

त्यसका लागि उत्पादनको डिजाइन, निर्माण, प्रयोग, संकलन, व्यवस्थापन, विघटन र पुनःप्रयोगसम्मको सम्पूर्ण शृङ्खलालाई व्यवस्थित तथा सहज तुल्याउनुपर्नेमा जोड दिइएको छ।

निर्देशिका जारी गर्ने नौ निकायमध्ये चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयलगायतका विभाग रहेका छन्। यो कदमबाट स्रोतसाधनको दिगो उपयोग र फोहोर व्यवस्थापनमा सुधार आउने लक्ष्य चीनले राखेको छ। (रासस/सिन्ह्वा)