मुख्य सामग्रीमा जानुहोस्

एक आर्थिक वर्षमा २२ गैँडा मरे, दुई करेन्टबाट

चितवन राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रमा गत आर्थिक वर्षमा २२ गैँडा मरेका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरे।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
एक आर्थिक वर्षमा २२ गैँडा मरे, दुई करेन्टबाट

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्ष २०८२/८३ मा २२ वटा गैँडा मरेका छन्। निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा २ वटा गैँडाको मृत्यु भएको हो। असार मसान्तसम्मको तथ्यांकअनुसार यो संख्या सार्वजनिक गरिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिएअनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका छन्। चितवनको माडी र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिकै यी घटना भएका हुन्। अन्य गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बाघले बच्चालाई खाएर तथा बुढो भएर मरेका उनले बताए।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३० वटा गैँडा प्राकृतिक कारणले मरेका थिए। तीमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका थिए। सन् २०२१ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वयस्क गैँडा छन्।