डा. गोविन्द केसीले दार्चुला जिल्लाका छाङरु र टिंकर गाउँका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्। स्थानीयको आग्रह र आफ्नै प्रतिबद्धता अनुसार उनले ती दुई गाउँमा स्वास्थ्य सेवा पुर्याउने तयारी गरेका हुन्।
शिविरमा मुख्य रूपमा हाडजोर्नी र नसासम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा दिइने डा. केसीले बताए। दुर्गम क्षेत्रमा उपकरणको अभाव भए पनि स्थानीय स्वास्थ्य संस्थामा उपलब्ध स्रोत–साधनको प्रयोग गरेर सम्भव भएसम्म शल्यक्रिया गरिने उनले जानकारी दिए।
शिविरका लागि आवश्यक औषधि ब्यास गाउँपालिकाले उपलब्ध गराउने भएको छ। डा. केसीले दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन यस्तो शिविर आवश्यक रहेको बताए।

