मुख्य सामग्रीमा जानुहोस्

नयाँ बसपार्कस्थित गेस्ट हाउसमा महिलाको शव फेला, हत्याको आशंकामा अनुसन्धान

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक महिलाको शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानपछि हत्याको आशंका गरिएको छ। मृतकको पहिचान कैलाली धनगढीकी निशा सुनारको रूपमा भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसमा प्रहरीले महिलाको शव फेला पारेको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मृतकको पहिचान कैलालीको धनगढीकी निशा सुनारको रूपमा भएको छ। तर उनको उमेरलगायत अन्य विस्तृत विवरण सार्वजनिक भएको छैन।

आइतबार होटलको कोठाबाट गन्ध आएपछि प्रहरी कन्ट्रोल १०० मा खबर गरिएको थियो। प्रहरी पुगेर हेर्दा कोठामा शव भेटिएको थियो। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उनी कसैलाई भेट्न सो होटलमा गएकी थिइन्।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्ज पठाएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।