मुख्य सामग्रीमा जानुहोस्

पाँचथरमा ग्यास चुहावटबाट आगलागी, दुई कटेज र नगद जले

पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित तमोर होटलमा शुक्रबार साँझ ग्यास चुहावटबाट आगलागी भएको छ। आगलागीमा दुई कटेज, नगद, मोबाइल, फ्रिजलगायत सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
पाँचथरमा ग्यास चुहावटबाट आगलागी, दुई कटेज र नगद जले

पाँचथरको कुम्मायक गाउँपालिका–५ भुल्केस्थित तमोर होटलमा शुक्रबार साँझ ग्यास चुहावटका कारण आगलागी हुँदा दुई कटेजसहित नगद र जिन्सी सामग्री जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णका अनुसार साँझ करिब साढे पाँच बजे होटलको भान्सामा मासु पकाउने क्रममा ग्यास चुहावट भई आगो लागेको हो। आगो स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा साँझ ७ बजे नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट होटल सञ्चालक तुम्बेवा गाउँपालिका–३ निवासी २५ वर्षीय बादल भण्डारीको करिब ३२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। साथै खर र बाँसले बनेका दुई कटेज, दुई आइफोन, चार इटेल मोबाइल, दुई ग्यास सिलिन्डर, दुई फ्रिज, सात टेबल, २५ प्लास्टिकका कुर्सी, खाद्यान्न, भाँडावर्तन तथा पेय पदार्थसमेत जलेर नष्ट भएका प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण र आर्थिक मूल्याङ्कन भइरहेको छ।