मुख्य सामग्रीमा जानुहोस्

नागढुंगा सुरुङमार्गमा फन रन एन्ड वाक, साउन ११ देखि परीक्षण सञ्चालन

नागढुंगा–सिस्नेखाला सुरुङमार्गमा आज 'नागढुंगा टनेल फन रन एन्ड वाक' आयोजना गरिएको छ । आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सुरुङ सञ्चालनमा आउने तयारी छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
नागढुंगा सुरुङमार्गमा फन रन एन्ड वाक, साउन ११ देखि परीक्षण सञ्चालन

काठमाडौँ — नागढुंगा–सिस्नेखाला सुरुङमार्गमा आज बिहान 'नागढुंगा टनेल फन रन एन्ड वाक' आयोजना गरिएको छ । निर्माण सम्पन्न भएको करिब एक वर्षपछि आगामी साउन ११ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा आउन लागेको सुरुङमार्गमा सडक विभाग र जाइकाको आयोजनामा यो दौड कार्यक्रम सम्पन्न भएको हो ।

प्राविधिक तथा व्यवस्थापकीय कारणले सञ्चालनमा ढिलाइ भएको यो सुरुङमार्ग अब चरणबद्ध रूपमा खुलाइने तयारी गरिएको छ । साउन ११ गते औपचारिक उद्घाटन गर्ने तयारी छ, जसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।

सुरुङमार्गको प्रयोग शुल्क निर्धारण भइसकेको छ । काठमाडौं भित्रिँदा कार र भ्यानका लागि ६५ रुपैयाँ तथा बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ । मिनीबस, ट्रक र टिपरले काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । बस र ट्रकलाई भित्रिँदा २ सय ६० र बाहिरिँदा २ सय रुपैयाँ शुल्क लाग्नेछ ।

यद्यपि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे र नन–मोटोराइज्ड सवारीले भने सुरुङमार्ग प्रवेश पाउने छैनन् । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार ती सवारी र व्यक्तिहरूलाई सुरुङ प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।