४
बर्खा सुरु भएसँगै देशभर ८० राजमार्ग खण्डमा पहिरोको जोखिम, १५५ उपकरण परिचालन
बर्खायाम सुरु भएसँगै देशभरका ८० वटा राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढेको छ। नारायणगढ–मुग्लिन, नागढुंगा–मुग्लिन, कान्ति राजमार्गलगायतका प्रमुख सडक खण्डमा दैनिकजसो पहिरो खसिरहेको छ।
