मुख्य सामग्रीमा जानुहोस्

जेनजी आन्दोलनमा घाइते आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयको पूर्ण छात्रवृत्ति

जेनजी आन्दोलनमा घाइते भएका काभ्रेपलाञ्चोक चौरीदेउराली–६ का आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले कम्प्युटर साइन्स स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक–औद्योगिक विभागका संयोजक…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
जेनजी आन्दोलनमा घाइते आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयको पूर्ण छात्रवृत्ति
Online Khabar

जेनजी आन्दोलनमा घाइते भएका आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ घर भएका गौतमलाई विश्वविद्यालयले कम्प्युटर साइन्सको स्नातक तहमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको हो ।

सो निर्णयबारे जानकारी दिँदै विश्वविद्यालयको प्राज्ञिक–औद्योगिक विभागका संयोजक लक्ष्मण लामाले सरकारले जारी गरेको ‘जेन–जी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि, २०८२’ लाई कार्यान्वयन गर्दै उक्त छात्रवृत्ति उपलब्ध गराइएको बताए ।

‘कठिन परिस्थितिबाट प्रभावित युवाको भविष्यलाई अवसर र शिक्षामार्फत नयाँ दिशा दिनु हाम्रो जिम्मेवारी हो,’ लामाले भने ।

गौतम जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए ।